अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढीमा कोरोना संक्रमण
न्युयोर्क । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजारभन्दा बढी संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार ८ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६ सयभन्दा बढीको कोरोना भाइरसका कारण ज्यान गएको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार २ सय २४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । यस्तै १० लाख ६६ हजार १ सय ६७ जनाभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् । अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण १ लाख २७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । थप पढ्नुहोस् ...












