एजेन्सी । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन ११८० जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म ५५ हजार ५४ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।
विहीबारमात्रै ४० हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
हालसम्म संक्रमितको संख्या १२ लाख ३३ हजारभन्दा बढी पुगेको छ । त्यस्तै ६ लाख ४९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।






