अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख ३९ हजार पार
न्युयोर्क । अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ४३८ जना संक्रमित थपिएका छन भने ३४९ जनाको ज्यान गएको छ । यो सँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ६८५ पुगेको छ भने १ लाख ३२ हजार ९५० जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये १३ लाख १० हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । १५ लाख ९६ हजार ८४ जना उपचाररत छन भने १६ हजार जनाको अवस्था गम्भीर रहेको छ । थप पढ्नुहोस् ...










