बंगलादेशको झल्को दिने बुटवल क्याम्पसको विद्यार्थी आन्दोलन: राजिनामा दिन बाध्य भए क्याम्पस प्रमुख
बुटवल । केहिदिन अघि बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किदा प्रधानमन्त्री शेख हसिना वाजेद पद त्यागेर बिदेश पलायन हुन बाध्य भईन् । त्यस्तै रुपन्देहीको बुटवलमा विद्यार्थी आन्दोलन चर्किदा क्याम्पस प्रमुख राजिनामा दिन बाध्य भएका छन् । बंगलादेशमा आरक्षणको बिषयलाई लिएर भएको आन्दोलनले ठूलो रुप लिएको थियो भने त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम ल्याउने क्रममा प्रधानमन्त्री केपि शर्मा ओलीले रोकेको बिषयमा अखिल (क्रान्तिकारी) सहित ७ विद्यार्थी संगठनहरुले विरोध स्वरुप आन्दोलन गरेका थिए। उक्त आन्दोलन चर्किदै गएपछि क्याम्पस प्रमुख डा। खिमानन्द न्यौपानेले बिहिबार उपकुलपति समक्ष राजिनामा पेस गरेका छन् । क्याम्पसमा अखिल (क्रान्तिकारी), अनेरास्वियु,अखिल समाजवादी,समाजवादी विद्यार्थी युनियन ,नेपाल समाजवादी विद्यार्थी युनियन,अखिल छैटौ र अखिल नेपाल विद्यार्थी युनियनले मँगलबारदेखि प्रधानमन्त्री केपि ओलीको कदमको विरोध स्वरुप आन्दोलन थालेको अखिल (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पसका अध्यक्ष शिव खबासले थप पढ्नुहोस् ...