सैन्य कारबाहीमा सात जना तालिबान लडाकूको मृत्यु

उज्यालो प्रतिनिधि २१ असार २०७७, आईतवार विश्व

काबुल । अफगान सेनाले मध्य उरुजगान प्रान्तमा गरेको सैन्य कारबाहीमा सात जना तालिबान लडाकूको मृत्यु भएको तथा अरु चार जना घाइते भएको जनाएको छ ।

सैनिक प्रवक्ता सदिक इस्साले उरुजगान प्रान्तको ट्रिनकोट जिल्लामा सैनिक पोस्टमा गएराति आक्रमण गरेपछि सेनाले प्रतिकार गर्दा तालिबान लडाकूकको मृत्यु भएको जानकारी दिनुभयो । तर यसबारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

गएराति नै कान्दाहार प्रान्तमा तालिबान लडाकूले सैनिक जाँचचौकीमा आक्रमण गरेका र सेनाले गरेको प्रतिकारमा पाँच तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ ।

संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरे पनि तालिबान समूहले अफगान सुरक्षाफौज र सर्वसाधारणलाई लक्षित गरी आक्रमणहरु जारी राखेका छन् । –एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार