वासिङटन । अमेरिकामा पछील्लो २४ घण्टामा ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
वल्डोमिटर्सका अनुसार एकैदिन ४२ हजार ६१० जना संक्रमित थपिएका छन भने २३४ जनाले ज्यान गुमाएका छन । यो सँगै कुल संक्रमितको संख्या २९ लाख ८१ हजार ८ पुगेको छ भने हालसम्म १ लाख ३२ हजार ५५२ जनाको मृत्यु भएको छ ।
कुल संक्रमितमध्ये १२ लाख ८५ हजार ४५० जना संक्रमणमुक्त भएका छन् ।
१५ लाख ६३ हजार ६ जना उपचाररत छन भने १६ हजार ७ जनाको अवस्था गम्भीर रहेको छ ।






