अरबमा

दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ । अधिकारीहरुले देशभर झण्डै सय जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन् । उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ । उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढापर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो । दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्धारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको उल्लेख छ । थप पढ्नुहोस् ...

उज्यालो प्रतिनिधि ९ फाल्गुन २०७६, शुक्रबार

खोज्नुहोस्

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार