भारतको तेलंगना सरकारले लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने
एजेन्सी । भारतको तेलंगना सरकारले हाल जारी रहेको लकडाउनको अवधिलाई आगामी मे ७ तारिखसम्म लम्ब्याउने निर्णय गरेको छ । यहाँको मन्त्रिपरिषदले आइतबार सो निर्णय गरेको बताइएको छ । यसअघि घोषित यो नीतिमा थप गरी यो अवधिसम्म पुर्याइएको समाचारमा जनाइएको छ । तेलंगना राज्यका मुख्यमन्त्री के चन्द्रशेखर रावले यस विषयमा जानकारी दिएका छन् । उनकाअनुसार यहाँका अत्यावश्यक खाद्यान्नलगायतका उद्योग र औषधि उद्योग एवं पसलहरु भने खुला रहने छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे १ तारिखसम्म लगाउनुभएको लकडाउनको अवधिलाई बढाएर भारतभर मे ३ सम्म पु¥याएलगत्तै यता यस राज्य सरकारले पनि यो घोषणा गरेको हो । मुख्यमन्त्री रावले तेलंगना राज्यमा बाहिरबाट आएर बसोबास गरिरहेका आप्रबासीहरुमध्ये परिवारमा बस्नेहरुका लाग प्रतिपरिवार १ हजार ५०० भारतीय रुपैयाँ र एक्लै बस्नेका लागि खाद्यान्न उपलब्ध गराइने थप पढ्नुहोस् ...











