एजेन्सी । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण केही दिनयता लगातार २४ सयभन्दा बढीको मृत्यु भइरहेको बेला त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारीको चरमसीमा यत्तिमै सीमित रहने दाबी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकाको आर्थिक गतिविधी खुला गर्न मार्गप्रशस्त भएको पनि बताएका छन् । देशलाई बन्द राखिरहँदा पनि मानिसहरूको ज्यान गएको ट्रम्पको तर्क छ ।
राज्यका गभर्नरहरूसँग छलफल गरेर ‘उनीहरूले उपयुक्त ठानेका समयमा’ प्रतिबन्धहरू खुला गर्ने प्रक्रिया सुरु गरिने राष्ट्रपति ट्रम्पले बताएका छन् । उनले अमेरिकी राज्यहरू आफ्नो अर्थतन्त्र पुन: सञ्चालन गर्न बलियो अवस्थामा रहेको समेत बताएका छन् ।
आय ठप्प भएका बेला लागुपदार्थ दुर्व्यसनी पनि अझ ठूलो समस्याको रूपमा देखा परेको उनले बताए । तर गभर्नरहरू भने प्रतिबन्ध खुकुलो पार्दै तत्काल दैनिक काम पुन: सञ्चालन गर्ने पक्षमा नभएकाे बीबीसीले जनाएकाे छ ।
तर त्यहाँ अन्य देशको तुलनामा सबैभन्दा काेृराेना संक्रमित छन् । अहिले अमेरिकामा संक्रमित हुनेकाे संख्या झण्डै साढे ६ लाख छन् । काेराेनाका कारण सबैभन्दा बढी मृत्यु पनि अमेरिकामै भएकाे छ । अहिले त्यहाँ मृत्यु हुनेकाे संख्या साढे २८ हजार पुगेकेा छ ।
अहिले सबै अमेरिकी राज्यमा सङ्कटकाल लगाइएको छ र अधिकांश मानिसहरू घरभित्रै रहनुपर्ने परिस्थितिले त्यहाँ बेरोजगारहरूको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ ।
एजेन्सी






