राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा किसानका लागि राहत प्याकेजको घोषणा

उज्यालो प्रतिनिधि ६ बैशाख २०७७, शनिबार प्रवास

एजेन्सी । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गरेका छन् । कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पुर्‍याउने उद्धेश्यले उनले राहतको घोषणा गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले १९ अर्ब अमेरिकी डलर बराबरको राहत शुक्रबार घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । कुल १९ अर्ब अमेरिकी डलर मध्ये १६ अर्व अहिले नै किसानहरुलाई वितरण गरिने र बाँकी तीन अर्ब खाद्यान्न वितरणका लागि बचत गरिने उनले बताए ।

‘आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,’ ट्रम्पले भने । उनले राहतबाट किसानहरुलाई संकटबाट मुक्त हुन सानो भएपनि सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन् ।

शुक्रबार ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले किसानहरुलाई सिधै राहत दिने र खाद्य पदार्थ संचय गर्नका लागि राहत दिने व्यवस्था गर्न लागिएको जानकारी दिए । उनले कोरोना भाइरसको संक्रमणका कारण प्रभावित ८ करोड अमेरिकीहरुले राहत रकम पाएको पनि बताए ।–एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार