१९१८ मा स्पेनिस फ्लु महामारीलाई जितिन तर कोरोनाका कारण ज्यान गुमाइन

उज्यालो प्रतिनिधि १७ चैत्र २०७६, सोमबार प्रवास

एजेन्सी । बेलायतकी १ सय ८ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । हिल्डा चर्चिलको शनिबार साल्डफोर्ड नर्सिङ होममा निधन भएको हो, त्यसको केही घण्टाअघिमात्रै उनमा कोरोना संक्रमण रहेको पत्ता लागेको थियो ।

बेलायती सञ्चारमाध्यम गार्जियनका अनुसार उनी ८ दिनपछि १ सय ९ वर्ष हुनेवाला थिइन् । यी महिलाको जन्म १९११ मा बेलायतमा भएको थियो । उनी जन्मिएका ६ वर्षपछि स्पेनिस फ्लु संसारभर महामारीको रुपमा देखिएको थियो र यसबाट उनी पनि संक्रमित भएकी थिइन् । यस महामारीले विश्वभर ५० करोडलाई संक्रमित बनाएको थियो, हिल्डा चर्चितकी १२ महिने बहिनीको महामारीले नै ज्यान लियो । तर उनी बाँचिन् ।
उनी १९१८ मा स्पेनिस फ्लु महामारी चल्दा ६ वर्षकी थिइन् । ‘अहिलेसम्म उनले कुनै कुरामा डर रहेको बताएकी थिइनन्,’ उनका नाति एन्थोनी चर्चिलले भने,‘यद्यपी, अहिले कोरोनाबाट उनी त्रसित थिइन् ।’
अन्तिमपटक हजुरआमासँग भेट हुँदा एन्थोनीले कोरोना भाइरसकै विषयमा कुराकानी गरेका थिए । ‘उनले यो भाइरस स्पेनिस फ्लुजस्तै रहेको बताएकी थिइन् ।

तत्कालीन समय हवाइजहाज थिएन र पनि उक्त भाइरस सबैतिर फैलिएको थियो,’ एन्थोनीले भने, ‘उनी विश्वयुद्धकी साक्षी पनि हुन् । त्यतिबेलाको भयावह अवस्थाबारे पनि हामीलाई बताउँथिन् ।’
हिल्डा र उनको परिवारका अधिकांश समय क्रिउ च्यासामा बस्दा स्पेनिस फ्लुबाट संक्रमित भएका थिए । ‘उनलाई याद थियो, सबै संक्रमित थिए र उनकी आमाले हेरचाह गरेकी थिइन् । बाबु सडकमै ढलेकाले घरमा समातेर ल्याउनुपरेको थियो,’ एन्थोनीले भने ।

१९३० को दशकमा उनी काम खोज्दै साल्डफोर्ड पुगेकी थिइन् । उनले त्यही बिहे गरिन् । उनको परिवारमा ४ छोराछोरी, ११ नाति–नातिना, १२ पनाति–पनातिना तथा उनीहरुका पनि ३ सन्तान छन् । एन्थोनीका अनुसार कोरोनाको महामारीअघि उनको स्वास्थ्यअवस्था ठिक थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार