कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार पुग्यो,संक्रमित हुनेको संख्या ७५ हजार

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार प्रवास

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार पुगेको छ । हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोनाबाट संक्रमित हुनेको संख्या ७५ हजार पुगेको समाचारमा जनाइएको छ । चीनसँग अन्य २६ देशमा पनि फैलिएको कोरोनाको संक्रमण रोक्न विभिन्न देशले चीनबाट फर्किएका नागरिकमाथि कडा निगरानी राख्नुका साथै कम्तिमा दुई साता क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छन् ।

ती देशहरुले चीनसँगको व्यापारीक तथा अन्य सम्बन्धलाई तत्कालका लागि बन्द गराएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले कोरोनाको संक्रमण नियन्त्रणमा रहेपनि खतराबाहिर भने नरहेको बताएका छन् ।

उनले कोरोनाको संक्रमण थप फैलन नदिन गरिएका सावधानीका उपाय पर्याप्त नभएपनि सन्तोषजनक नै रहेको बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार