कोरियामा कोरोना भाइरस लागेकालाई मृत्युदण्ड दिइएको खुलासा

उज्यालो प्रतिनिधि ५ फाल्गुन २०७६, सोमबार प्रवास

उत्तर कोरियामा कोरोना भाइरस लागेका एक जनालाई मृत्युदण्ड दिइएको खुलासा भएको छ ।

दक्षिण कोरियाको डोङ अ–इल्बो अखबारका अनुसार कोरोना भाइरस लागेका एक जनालाई उत्तर कोरियामा मृत्युदण्ड दिइएको हो । कोरोनाभाइरसबाट संक्रमित व्यक्तिले क्वारेन्टाइन नै नगरी सार्वजनिक स्नानगृह प्रवेश गरेको भन्दै मृत्युदण्ड दिइएको बुझिएको छ । ती मानिसलाई नियन्त्रणमा लिएर तत्कालै मृत्युदण्ड दिइएको जनाइएको छ । मृत्युदण्ड पाएका व्यक्ति चीन भ्रमणमा गएको र स्वदेश फर्केपछि उनलाई अलग्गै राखिएको थियो ।

उनी सरकारी अधिकारी रहेको समाचारमा उल्लेख छ । त्यस्तै, उत्तर कोरियामा नै अर्का सुरक्षा अधिकारीले आफू चीन भ्रमणमा गएको कुरा लुकाएको आरोपमा उनलाई गाउँ पठाइएको छ । उनी उत्तर कोरियाको शक्तिशाली राष्ट्रिय सुरक्षा निकायका अधिकारी हुन् । यसअघि उत्तर कोरियाले चीन भ्रमणबाट फर्केका जो कोहीलाई पनि ३० दिनसम्म क्वारेन्टाइनमा राख्ने घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमित भएको आशंका गरिएका मानिसलाई केबल १४ दिन मात्र क्वारेन्टाइनमा राखे पुग्ने बताए पनि उत्तर कोरियाले महामारी फैलिन नदिन दोब्बर भन्दा बढी समय क्वारेन्टाइनमा राख्ने घोषणा गरेको हो । उत्तर कोरियाले यसअघि नै कोरोनाभाइरस रोकथामका लागि चीनसँगको नाका ठप्प पारिसकेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार