काठमाडौ । कोरोनाका कारण ब्राजिलमा एकैदिन १ हजार २ सय ७७ जनाभन्दा बढीले ज्यान गुमाएका छन ।
योसँगै हालसम्म ६१ हजार ९९० जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।
विहीबारमात्रै ४७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।
हालसम्म संक्रमितको संख्या १५ लाखभन्दा बढी पुगेको छ ।
त्यस्तै ९ लाख १६ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।
८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।






