२५ जना कोरोना संक्रमित थपिएसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ९२ पुग्यो

१२ असार २०७७, शुक्रबार ०९:२२ मा प्रकाशित

काठमाडाैं । गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ९२ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार नयाँ २५ जनामा काेराेना संक्रमण देखिएको पुष्टि गरेका हुन ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा एक-एक जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार