काठमाण्डौ । विश्वभर महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड-१९)बाट रसियामा एकै दिन साढे ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै ८ हजार ८८९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ७६ हजार ९५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १६१ जनाको मृत्यु भएको छ ।
हालसम्म ८ हजार २ जनाको कोरोना संक्रमण कै कारण ज्यान गएको छ ।
कुल संक्रमितमध्ये ३ लाख ३४ हजार ५९२ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २ लाख ३४ हजार ३५८ जनामध्ये २ हजार ३०० जनाको अवस्था गम्भीर रहेको छ ।






