१० विकेटले हार्यो चेन्नई
काठमाडौं। आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले उक्त लक्ष्य १२.२ ओभरमा कुनै विकेट नगुमाइ सफलतापूर्वक पछ्यायो । आईपीएलमा कुनै पनि टोलीले चेन्नईलाई १० विकेटले पराजित गरेको पहिलो अवसर हो । यसअघि, सन् २००८ मा मुम्बईले नै चेन्नईलाई ९ विकेटले पराजित गरेको थियो । मुम्बईलाई जीत दिलाउन ईशान किशनले नटआउट ६८ तथा क्वीन्टन डिककले नटआउट रहँदै ४८ रन बनाए । आईपीएलको इतिहासमा चेन्नईले लिग राउन्डमा ८ खेल हारेको पहिलो पटक हो । यसअघि, सन् २०१० र २०१२ मा चेन्नईले ७–७ खेल हारेको थियो । हारसँगै प्लेअफका लागि चेन्नईको थप पढ्नुहोस् ...

