लिभरपुललाई आर्सनलले २-१ गोलले पराजित गर्न सफल

उज्यालो प्रतिनिधि १ श्रावण २०७७, बिहीबार खेल

काठमाडौँ । गएराति भएको प्रिमियर लिगमा च्याम्पियन लिभरपुललाई आर्सनलले २-१ गोलले पराजित गर्न सफल भएको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा लिभरपुल पराजित भएको हो ।

खेलमा अग्रता लिभरपुलले लिएको थियो । लिभरपुलका लागि साडियो मानेले खेलको २० औँ मिनेटमा गोल गरे । तर, त्यसपछि आर्सनलले खेलमा प्रभाव जमायो ।

आर्सनलका अलेजेण्डर लाकाजेटीले खेलको ३२ औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको रेइस नेलसनले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

दोस्रो हाफमा थप गोल हुनसकेन र खेल आर्सनलले जित्यो । यो जितसँगै आर्सनलले ३६ खेलमा ५३ अंक जोडेको छ । आर्सनल लिगको नवौँ स्थानमा रहेको छ ।

त्यस्तै च्याम्पियन लिभरपुलको ९३ अंक रहेको छ । १०० अंक पुर्याउने लिभरपुलको सपना भने चक्नाचुर भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार