१० विकेटले हार्यो चेन्नई

उज्यालो प्रतिनिधि ८ कार्तिक २०७७, शनिबार खेल

काठमाडौं। आईपीएलको १३ औँ सिजनको ४१ औँ खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ । शारजाहमा खेलिएको खेलमा चेन्नईले टस हारेर पहिले बलिङ गर्दै १ सय १५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले उक्त लक्ष्य १२.२ ओभरमा कुनै विकेट नगुमाइ सफलतापूर्वक पछ्यायो ।

आईपीएलमा कुनै पनि टोलीले चेन्नईलाई १० विकेटले पराजित गरेको पहिलो अवसर हो । यसअघि, सन् २००८ मा मुम्बईले नै चेन्नईलाई ९ विकेटले पराजित गरेको थियो । मुम्बईलाई जीत दिलाउन ईशान किशनले नटआउट ६८ तथा क्वीन्टन डिककले नटआउट रहँदै ४८ रन बनाए ।

आईपीएलको इतिहासमा चेन्नईले लिग राउन्डमा ८ खेल हारेको पहिलो पटक हो । यसअघि, सन् २०१० र २०१२ मा चेन्नईले ७–७ खेल हारेको थियो । हारसँगै प्लेअफका लागि चेन्नईको यात्रा लगभग समाप्त भइसकेको छ । अब चेन्नईले बाँकी तीन खेल जित्नुका साथै अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ । उता, मुम्बई भने सातौँ जित हासिल गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा ट्रेन्ट बोल्ट म्यान अफ द म्याच चुनिए । उनले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चेर चार विकेट लिए । उनले हालसम्म आईपीएलमा ५४ विकेट लिइसकेका छन् ।

पहिलो ब्याटिङ गरेको चेन्नइका लागि स्याम करनले सर्वाधिक ५२ रन बनाए । उनको अर्धशतकको मद्दतले चेन्नईले २० ओभरमा ९ विकेटको क्षतिमा ११४ रन बनायो । मुम्बईका लागि जसप्रीत बुमराह र राहुल चाहरले २–२ विकेट लिए । निकै खराब सुरुवात गरेको चेन्नईले ३ रनमा चार विकेट गुमाएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार