टी-२० विश्वकप क्रिकेट स्थगित

उज्यालो प्रतिनिधि ६ श्रावण २०७७, मंगलवार खेल

काठमाडौं । आगामी अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने तय गरिएको आइसिसी टी-२० विश्वकप क्रिकेट स्थगित भएको छ । आइसिसीको सोमबार बसेको बैठकले कोरोना भाइरसको महामारी कायमै रहेको अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो ।

अब टी-२० विश्वकप २०२१ को अक्टोबर-नोभेम्बरमा हुने आइसिसीले जनाएको छ । त्यसैगरी आइसिसी एक दिवसिय विश्वकप २०२३को अक्टोबर-नोभेम्बरमा भारतमा हुने भएको छ भने २०२१ मा भारतमा हुने भनिएको टी-२० विश्वकप २०२२ को अक्टोबर-नोभेम्बरलाइ सरेको छ ।

विश्वकप स्थगित भएसँगै इन्डियन प्रिमियर लिग (आइपिएल) हुने सम्भावना बढेको छ । सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको एसिया कप क्रिकेट पनि स्थगन भएसँगै यो वर्ष आइपिएल हुने लगभग निश्चित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले विश्वकप सरेमा यो वर्ष आइपिएल हुने बताउँदै आएको छ । आइपिएल युएईमा आयोजना गर्ने बिसीसीआईको तयारी छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार