प्रिमियर लिग : साउथ ह्याम्पटनविरूद्ध आफ्नो पहिलो खेलमा क्रिस्टल प्यालेसको संघर्षपूर्ण जीत

उज्यालो प्रतिनिधि २८ भाद्र २०७७, आईतवार खेल

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले यस सिजनको आफ्नो पहिलो खेलमा संघर्षपूर्ण जीत निकालेको छ ।

क्रिस्टलले शनिबार साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै विजयी सुरूवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिस्टललाई जीत दिलाउन विल्फ्रिड जाहाले निर्णायक गोल गरे ।

साउथह्याम्पटनविरुद्ध जाहाले १३औं मिनेटमा गोल गरेका थिए । टाउनसेन्डको पासमा जाहाले गरेको उक्त गोल नै निर्णायक बन्यो ।

बल पोजिसनमा पकड जमाएपनि साउथह्याम्पटन गोल गर्न चुकेको थियो । साउथह्याम्पटनको एक दर्जन आक्रमण क्रिस्टलका गोलकिपर र डिफेन्सले विफल बनाईदिएको थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार