यस बर्षको आइपीएल २०२० युएईमा हुने, सबै टिमहरु युएईमा

उज्यालो प्रतिनिधि १४ भाद्र २०७७, आईतवार खेल

रमेश खड्का काशी, दुबई । यस बर्षको १३ औ संस्करण इण्डियन प्रिमीयर लिग(आइपीएल २०२०) संयुक्त्त अरब इमिरेष्ट युएइमा हुने भएको छ । यहि आगामी सेप्टम्बर १९ देखी शुरु हुने उक्त लिगको फाइनल भने नोभोम्बर १० तारिखमा हुनेछ । भारतमा कोभिड १९ को महामारी तिब्र गतिमा फैलिएपछि भारतिय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआइ)ले यस बर्षको आइपिएल युएईमा गर्ने निर्णय गरेको हो ।

यसै बर्ष अष्ट्रेलियामा हुने भनिएको टी -टवान्टी विश्वकप कोरोना महामारीको कारण स्थगित भएपछि बिसीसीआईलाई आइपीएल गर्न बाटो खुलेको हो । युएईको तिन शहर सारझा,दुबई र अबुधाबीमा हुने यस बर्षको आइपिएल लिगको पहिलो खेल युएइको स्थानिय समय दिनको दुई बजेबाट शुरु हुनेछ भने अर्को खेल साँझ ६ बजेबाट हुनेछ । उक्त खेल युएईको अबुधाबी स्थित शेख जायद क्रिकेट स्टेयिम,दुबई शहरको दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियम र सारझा शहरको सारझा क्रिकेट एसोसिएसन स्टेडियममा हुनेछन ।

यस बर्षको आइपीएल २०२० को टाइटल स्पोन्सर ड्रिम ११ नामक भारतीय कम्पनीले लिएको छ । उक्त कम्पनीले बीसीसीलाई यस बर्षको लागी भारतीय रुपया २२२ करोड र अर्को बर्षकोलागी भारतिय रुपया २४० करोड र पुन तेस्रो बर्षको लागी भारतिय रुपया २४० करोड अफर गरेको थियो तर बीसीसीले कोरोना महामारी पछि रकम बढ्न सक्ने र भविष्यको बारेमा कुनै आँकलन गर्न नसक्ने भन्दै यस बर्षको लागी मात्र कन्ट्राक्ट गरेको छ । उता आइपीएलको लागी सन २०१८ मै पाँच बर्षको लागी भारतिय रुपँया २००० करोडमा टाइटल स्पोन्सर लिएको चाइनिज मोबाइल कम्पनी भिभोले भने भारत-चीन सीमा बिबादको कारण भारतमा चीन विरोधी आवाजहरु उठेपछि विभिन्न कारणहरु देखाउदै यस बर्षबाट टाइटल स्पोन्सरबाट पछि हटेको छ ।

विश्वकप क्रिकेट पछि निकै लोकप्रिय मानिने इन्डियन प्रिमीयर लिगमा सहभागी हुने सबै टिमहरु युएई आइसकेका छन । हाल उक्त टिमका अधिकांश खेलाडीहरु युएइमै तालिम गरिरहेका छन भने केहि खेलाडीहरु अन्य देशमा भइरहेका लिगहरुमा लिगमा सहभागी छन ।

युएईमा नै किन
हाल विश्त्रभरी कोरोना भाइरसको महामारी बढ्दै जाँदा युएईले भने सुरक्षाका सबै मापदण्डहरु पालना गर्दै दैनिक कोरोनाको नयाँ केशहरुलाई निकै कम गर्दै गएको अवस्थामा स्वास्थ्य सुरक्षाको दुष्टिकोणले पनि युएई क्रिकेटको लागी सुरक्षीत हुनु नै मुख्य कारण हो । यसका साथै युएईसँग आइपिएल लिगको लागी यसभन्दा पहिले सन २०१४ मा भएको खेलहरुको राम्रो अनुभव पनि एक कारण हो । जति बेला भारतमा निर्वाचनको बखत आइपिएलका २० खेलहरु युएईमा खेलाइएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार