नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न ओपनको फाइनलमा प्रवेश

उज्यालो प्रतिनिधि १३ भाद्र २०७७, शनिबार खेल

जेन्सी । जापानी टेनिस खेलाडी नाओमी ओसाका वेस्टर्न एण्ड साउदर्न (सिनसिनाटी) ओपनको फाइनलमा प्रवेश गरेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा शुक्रबार राति भएको सेमिफाइनल बेल्जियमकी एलिस मेर्टेन्सलाई हराएर ओसाका उपाधि नजिक पुगेकी हुन् ।

चौंथो वरियताकी ओसाकाले मेर्टेन्सलाई ६-२ र ७-६ (७-५) को सेटमा पराजित गरिन् ।

अब उपाधिका लागि ओसाकाले जोहान्ना कोन्टा र भिक्टोरिया अजेरिन्काबीचको विजेतासँग खेल्ने छिन् ।

यस अघि ओसाकाले अमेरिकाका एक अश्वेत नागरिकमाथि गोली प्रहारको विरोधमा सेमिफाइनल खेल खेल्न अस्विकार गरेकी थिइन् ।

अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार प्रहरीले अश्वेत नागरिक ज्याकोब ब्लेकलाई गोली प्रहार गरेका थिए ।

जसको विरोधमा खेलाडीहरु आन्दोलित भएका थिए ।

तर, अश्वेतविरुद्ध आवाज बुलन्द बनाउनका लागि खेल खेल्ने निर्णय गरेको ओसाकाले बताएकी छिन् ।

उनले ब्लाक लाइभ्स म्याटर लेखेको टिसर्ट समेत लगाएकी थिइन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार