फुलकुमार र शशिकलाको आवाजमा छविलालको ‘मायाको दुर्बिन’ सार्वजानिक(भिडियो)
काठमाडौं । चर्चित गायक एंव संगीतकार फुलकुमार बोम्जन र चर्चित गायिका शशिकला मोक्तानको आवाजमा रहेको ‘मायाको दुर्बिन’ बोलको गीत बजारमा आएको छ । राजधानीको स्वयम्भू बिजेश्वरीस्थित तामाङ कुदाप मौलिक रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले उक्त गीत लोकार्पण गर्दै गीतले मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने बताउँदै सफलताको सम्पूर्ण टिमलाई शुभकामना समेत व्यक्त गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथिमा गायक रोज मोक्तान, नेकपा युवा नेता हिराबहादुर लामा, पर्यटन व्यवसायी जगत लामा लगायत कलाकार,पत्रकार एंव समाजसेवीहरुको बाक्लो उपस्थिती रहेको थियो । छविलाल बम्जनको प्रस्तुति रहेको उक्त गीतलाई उनै चर्चित गायक एंव संगीतकार फुलकुमार बोम्जनले लेखेका हुन भने फनिन्द्र राइले संगीत संयोजन गरेका थप पढ्नुहोस् ...













