जो विदेशी भूमिबाट नेपाली गीत संगितलाई माया गरिरहेका छन्…

विवेक लोप्चन २४ कार्तिक २०७७, सोमबार उज्यालो फोकस

काठमाडौं । रोजगारीको शिलशिलामा नेपाल छाडेर विदेसिनुुपरेका नेपालीहरु धैरै छन् ।

औपचारिक रुपमा माध्यमिक शिक्षा सकेर गाउँबाट शहर पसेका कयौं नेपाली युवाहरुको गन्तव्य अन्ततः खाडी मुलुक पुुग्छन् ।

कतिपय यस्ता पात्रहरु विदेशिएका छन, जो आफूूमा क्षमता हुँदापनि नेपालमा कुनै अवसर नपाएपछि विदेशको यात्रा रोजेका छन् ।

अझ, सांगिततिक यात्राप्रति विशेष रुचि राख्ने जो कोही पनि त्यसबाट टाढा हुन सक्दैनन् ।

यस्तै, ब्याकग्राउन्डमा हुर्किएका एक पात्र हुन, विकास उप्रेती । नेपाली गीत संगितलाई थप उचाइमा पुर्याउन निरन्तर लागिपरेका उप्रेति हाल अस्ट्रेलियामा छन् ।

आफ्नो अध्ययनलाई निरन्तरता दिनैपर्ने बाध्यताले अस्ष्ट्रेलिया पुुगेका उप्रेति काम सँगसँगै अहिले विदेशबाटै पनि नेपाली गीत संगितलाई निरन्तरता दिइरहेका छन् ।

यसैबीच उनले पछिल्लो समय आफ्नो सांगित कोसेली बजारमा ल्याउने तयारी गरिरहेका छन् । गीतसंगितमा विशेष रुचि राख्ने उप्रेतिसँग उज्यालो नेटवर्कका लागि विवेक लोप्चनले कुराकानी गरेका छन् । कुराकानीका क्रममा उनी भन्छन्, ‘परदेशमा रहेर सांगितीक क्षेत्रमा निरन्तर लाग्न गाह्रो छ, तर पनि साधना छोड्न भने हुन्नँ ।’

नेपाली गितसंगीतलाई विशेष स्थानमा राख्ने उनीसँग गरिएका कुराकानीको आधारमा तयार पारिएको उनीबारेको सामाग्री यहाँ प्रस्तुत गरिएको छ ।

………………………..
बाल्यकाल
काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन समरथली गाविस–७ , साविवकको तिमाल गाउँपालिका–३ मा उप्रेती जन्मिएका हुन् । बुुवा रत्न उप्रेती र आमा बिमला उप्रेतीको कोखबाट जन्म लिएका उप्रेतीको जन्म ०४४ साल असारमा भएको हो ।

बुवा रत्न उप्रेती काभ्रेमा सफल राजनीतिज्ञ एवम् समाजसेवीको रुपमा स्थापित नाम हो । ०४९ सालदेखि ०५४ सालसम्म गाविस अध्यक्षको जिम्मेवारीमा रहेका रत्नकी पत्नि तथा विकासकी आमा पनि स्वास्थ्य सेवामा समर्पित नाम हो ।

बहुसांस्कृतिक, सरल र असल जनजातीय परिवेशमा हुर्किएका उप्रेतीमा तामाङ भाषा र संस्कारको राम्रो ज्ञान छ ।

उप्रेतीले बाल्यकाल सामान्य र सुखमय तरिकाले नै बिताए ।

७ कक्षासम्मको पढाई गाउँकै विद्यालयमा सकेर काठमाडौं छिरेका उप्रेती गीतसंगितमा मात्र रमेनन् । काठमाडौंको एस आर स्कुलबाट माध्यमिक तहको अध्ययन सकेका उनले मदन भण्डारी मेमोरियल कलेजबाट उच्च शिक्षा हासिल गरे । उच्च शिक्षा सकेर अस्ट्रेलिया पुुगेका उप्रेती अहिले स्नातक सम्मको अध्ययन सकेका छन् भने गीतसंगितलाई विशेष प्राथमिकतामा राखेर अघि बढेका छन् ।

………………………..
सांगितिक यात्रा
उप्रेतीका लागि सांगितिक शोख सानै उमेरदेखि जाग्यो । अग्रह गायकहरु नरायण गोपाल, उदित नारायण झा, फत्तेमान, भक्तराज लगायतबाट उनी प्रभावित बने । नेपालमै हुँदा उनले सामान्य शास्त्रीय ज्ञान हासिल गरे । त्यसोत, निरन्त सुफी कवाली गीतहरुको स्व अध्ययन समेत गरेका छन् ।

भारतका ख्यातीप्राप्त गायिका साधना सरगम, संजिवनी भिलान्देसँग लगातार सहकार्यको हात अघि बढाउँदै उनले सन् २०१४ मा गीति एल्वम ‘हलचल’ सार्वजनिक गरे । यहीँबाट औपचारिक रुपमा सुरु भएको उनको यो यात्रामा विराम लगाउन उनी चाहँदैनन् ।

उनीमार्फत बजारमा आएका गीतहरुमा आनन्द अभिकारी, राजेन्द्र थापा, डा. भोला रिजाल, राजेन्द्र थापाले लेखेका थिए । साथै, शिअखर सन्तोषा, किरण भण्डारी, राजनराज शिवाकोटी जस्ता चर्चित संगितकारहरुले संगीत भरेका थिए ।

‘र्याफ्टिङ चढेर’ नामको पहिलो गीतले नै बजारमा राम्रो छाप कमायो । र, सोहीबाट उनी गायकका रुपमा चिनिन थाले । जुन गितमा चर्चित कलाकार बुद्धि तामाङको अभिनय रहेको छ । साथै, १० लाखभन्दा बढीले युट्युुबमा भ्युज बटुलेको छ ।

उनका २० वटा लगभग गीत बजारमा आइसकेका छन् । अस्ट्रेलियामै रहेर पनि ६० बढी स्टेज कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिइसकेका छन् । इन्टरनिटी थिएटर, सिडनी अस्ट्रेलियामा नेपाली लोक रक गीतमा ‘पिन ड्रप साइलेन्स’ सहित गाउँदाको पल अझै यादगर रहेको उप्रेतीको मेमोरि छ ।

अहिलेको बजारमा फितला र हो–हल्ला हुने खालका गीतहरुले मात्र बजार पाएको उनलाई मन परेको छैन् । गीतसंगितलाई माया गर्ने श्रोताहरुले गहन शब्दसहितका विषयवस्तुलाई पछिसम्म मन पराइरहने उनको तर्क छ ।

………………………..
अवार्ड तथा सम्मान
आफूलाई अहिलेसम्म दर्शक तथा श्रोताले दिएको माया नै सबैभन्दा ठूलो अवार्ड भएको बताउँछन, उप्रेती । बिन्ध्यावासिनी म्युजिक अवार्ड–२०१५ मा उत्कृष्ट युुगल गीतका लागि उनको गीति एल्वम ‘हलचल’ नोमिनेशनमा समेत परेका थियो ।

यो लगायत उनले अन्य विभिन्न अवार्ड तथा कार्यक्रमहरुबाट सम्मान पाएका छन् ।

………………………..
सार्वजनिकको तयारीमा नयाँ गीत
उप्रेतीले ‘सिफनको सारी’ र ‘काली काली लिवाली’ बोलको नयाँ गी बजारमा ल्याउने तयारी अघि बढाएका छन् । आफ्नै स्वरमा गाइएको उक्त गीतमा उनलाई साथ चर्चित गायिका मेलिना राइले दिएकी छिन् ।

उज्यालो नेटवर्कसँगकै कुराकानीका क्रममा उनले तामाङ भाषाको गीत समेत बजारमा ल्याउन लागेको जानकारी दिएका छन् ।

साथै, उप्रेतीले हालै गायक फत्तेमान राज भण्डारीकोे ‘तिम्रो एक एक दुख मैले…’ नामक गितको कभर सार्वजनिक गरेका छन् । राजेन्द्र थापाको शब्द र नातीकाजीको संगीतमा उनले सो गीतको कभर गरेका हुन् ।

हेर्नुहोस् भिडियो लिंक:

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार