थाइल्यान्डमा नेपालको झल्को : एनडिए टिम नेपालद्वारा उत्कृष्ट नतिजा सहित सांस्कृतिक प्रस्तुती
काठमाडौं । थाइल्यान्डको पटाया सहरस्थित माउन्टेन बिचमा सम्पन्न विशेष कार्यक्रममा नेशनल डाइनामिक आर्ट्स (एनडिए) टिम नेपालले उत्कृष्ट नतिजासहित नेपालको गौरवपूर्ण प्रतिनिधित्व गरेको छ। कार्यक्रममा कौरा, झ्याउरे, तामाङ सेलो र राष्ट्रिय गीतसहितका सांस्कृतिक नृत्य प्रस्तुती दिइएको थियो। नेपालको झण्डा फहराउँदै प्रस्तुत गरिएको यस कार्यक्रमले नेपाली संस्कृतिको अद्वितीय झल्को मात्र देखाएन, दुई देशबीचको सांस्कृतिक सम्बन्ध र पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको एनडिएका निर्देशक एवम् कोरियोग्राफर छिरिङ लामाले बताए। युरो एसिया ग्रुपका अध्यक्ष गौरब सैनीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा एनडिए अध्यक्ष देवराज गुरुङ, नृत्य विभाग प्रमुख लक्ष्मी पुरी गुरुङसहित ६ वर्षदेखि १८ वर्ष उमेर समूहका नृत्य कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई ग्रेट नेपाल होलिडेले व्यवस्थापन गरेको हो भने नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला अध्यक्ष प्रदिप रमन सिंह डंगोलले सहजीकरण गरेका थिए। नेपाली थप पढ्नुहोस् ...












