गायक रवि ओडको ‘ऐलानी मैलानी’ सार्वजनिक(भिडियो)

विवेक लोप्चन १२ आश्विन २०८०, शुक्रबार कला मनाेरञ्जन

काठमाडौँ । ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओड र अस्मिता अधिकारीको आवाजमा सजिएको ‘ऐलानी मैलानी’ बोलको गीत सार्वजनिक भएको छ । हर्क साउँदको शब्द र महेश ताम्राकारको संगीत रहेको गीतमा जेन्रिक्स एरेञ्ज छ । अप्सु योगी,दिपा सुहाङ,नरेश ओडको कोरस गायन रहेको उक्त गीतलाई होराइजन स्टुडियोमा रेकर्ड गरिएको हो ।

उक्त गीतको म्युजिक भिडियोमा सामाजिक कुप्रथा देउकी प्रथा र यसले पारेको नकरात्मक प्रभावलाई देखाउन खोजिएको छ । रवि ओड आँफै भिडियोमा देख्न सकिन्छ । उक्त गीतको म्युजिक भिडियो अछामको रामारोशनदेखी साँफेबगरसम्म छायांकन गरिएको हो । मन रुवाउने कथा,भिडियो सम्पादन र छायांकनको पार्ट पनि एकदमै राम्रो रहेको हामी देख्न सक्छौ । म्युजिक भिडियोमा रवि ओडसँगै रवि सुस्मिता कुवंर, हेमराज कुवंर समर्पण,करण साउद,गंगा साउद र बाल कलाकारहरु नविन बिक र स्मृति खड्काको अभिनय समेटिएको छ । टेकेन्द्र शाहले सम्पादन, राम कुमार केसीले छायांकन, राज पोखरेल र दिनेश थापाले सहायक छांयाकान गरेको उक्त म्युजिक भिडियोमा दशरथ सुनारको कथा र निर्देशन रहेको छ ।

गीत स्रोता एंव दर्शकहरुले माया गर्नेमा आफु विश्वस्त रहेको र सामाजिक कथालाई जस्ताको तस्तै प्रस्तुत गरिएको गायक रवि ओडले बताए । हेर्नुहोस म्युजिक भिडियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार