थाइल्यान्डमा नेपालको झल्को : एनडिए टिम नेपालद्वारा उत्कृष्ट नतिजा सहित सांस्कृतिक प्रस्तुती

विवेक लोप्चन १७ भाद्र २०८२, मंगलवार कला/साहित्य

काठमाडौं । थाइल्यान्डको पटाया सहरस्थित माउन्टेन बिचमा सम्पन्न विशेष कार्यक्रममा नेशनल डाइनामिक आर्ट्स (एनडिए) टिम नेपालले उत्कृष्ट नतिजासहित नेपालको गौरवपूर्ण प्रतिनिधित्व गरेको छ।

कार्यक्रममा कौरा, झ्याउरे, तामाङ सेलो र राष्ट्रिय गीतसहितका सांस्कृतिक नृत्य प्रस्तुती दिइएको थियो। नेपालको झण्डा फहराउँदै प्रस्तुत गरिएको यस कार्यक्रमले नेपाली संस्कृतिको अद्वितीय झल्को मात्र देखाएन, दुई देशबीचको सांस्कृतिक सम्बन्ध र पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको एनडिएका निर्देशक एवम् कोरियोग्राफर छिरिङ लामाले बताए।

युरो एसिया ग्रुपका अध्यक्ष गौरब सैनीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा एनडिए अध्यक्ष देवराज गुरुङ, नृत्य विभाग प्रमुख लक्ष्मी पुरी गुरुङसहित ६ वर्षदेखि १८ वर्ष उमेर समूहका नृत्य कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई ग्रेट नेपाल होलिडेले व्यवस्थापन गरेको हो भने नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला अध्यक्ष प्रदिप रमन सिंह डंगोलले सहजीकरण गरेका थिए।

नेपाली कलाकारहरूमध्ये लक्ष्मी श्रेष्ठ, भुमिका सुनुवार, क्यारल परियार, जेनिशा श्रेष्ठ, ओजस्वी बरुवाल, आरुशी सुनुवार, याना श्रेष्ठ, स्वयस अधिकारी, अदिती वालिङ राई, प्रियान्सा थापा, उप्सना कटुवल र आकृती श्रेष्ठले प्रस्तुती दिएका थिए। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. १० र टिएसएच म्युजिक एन्ड इन्टरटेनमेण्टले सहयोग गरेका थिए।

यसैबीच टिएसएच अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको पहिलो संस्करण पनि सम्पन्न भएको छ। दुई समूहमा विभाजन गरिएका कलाकारहरूले एकल नृत्य प्रस्तुती पनि गरेका थिए। यस प्रतियोगिताले नयाँ नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको र सिकाइका लागि कोशेढुङ्गा सावित हुने विश्वास नृत्य विभाग प्रमुख लक्ष्मी पुरीले व्यक्त गरे।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार