कृष्टि किराती लिसराको ‘तिम्रो साथ’ मा आकाश र अर्चना (भिडियो)
काठमाण्डौ । आदिवासी समुदायबाट दृष्य सञ्चारमा संघर्षरत निर्देशक महिला निर्देशक कृष्टि किराती लिसराको "तिम्रो साथ पाए पछि सारा संसार भुलेँ मैले" सार्वजनिक गरिएको छ । घटस्थापनाको अघिल्लो दिन रिलिज गरिएको सो भिडियोमा श्री राईको शब्द, वादल लिम्बुको सङ्गीतमा श्री राई र अनु चौधरीको स्वर रहेको छ । व्यस्त मोडल तथा नायक आकाश श्रेष्ठ र उदयमान मोडल अर्चना काउचा मगरले भिडियोमा फिचरिङ गरेका छन् । कोरोना कहरको दु:ख भुलाउने माध्यम बनोस् भनेर लकडाउनकै बेला म्युजिम भिडियो तयार पारिएको कृष्टिले बताईन् । देशैभरी एकहप्ते मनसुन छल्दै भक्तपुरको पाइलट बाबा डाँडा र काठमाडौंको भुतखेल पुगेर सुटिङ सम्पन्न गरिएको उनले बताईन् । भारतको कालिम्पोङमा जन्मिएकी कृष्टि लिसरा शुरूमा पत्रकारिता मार्फत सञ्चार क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी मेघा टेलिभिजनमा "फलैंचा दोहोरी" नामको कार्यक्रम समेत थप पढ्नुहोस् ...













