गीतकार तथा सञ्चारकर्मी हरिराम पौडेलको ‘संगसंगै …..’ सार्वजानिक(भिडियो)

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७७, मंगलवार संगीत

काठमाडौँ । गीतकार तथा सञ्चारकर्मी हरिराम पौडेलको म्युजिक भिडियो ‘सँगसँगै’ शुक्रबार किरण क्रिएसन युटुब च्यानलमार्फत लोकार्पण गरिएको छ । म्युजिक भिडियो लिस्नर्स क्लब नेपालद्वारा ‘प्रतिभासँग हातेमालो’ परियोजनाअन्तर्गत निर्माण गरिएको हो ।
जुम–प्रविधिमा गरिएको भर्चुअल कार्यक्रममा अग्रज कवि तथा गीतकार दिनेश अधिकारी, अग्रज गजलगो कृष्णहरि बराल, गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटा तथा नवनारी मासिककी सम्पादक तथा गीतकार जानुका ढकालले म्युजिक भिडियोको पोस्टर एकसाथ सार्वजनिक गरेर म्युजिक भिडियो लोकार्पण गरेका थिए ।

अहिलेका चर्चित गायक–गायिका एलिना चौहान र किरण भुजेलको स्वर रहेको सो गीतको लय तथा सङ्गीत सिर्जना संकेत अगस्तीले गरेका हुन् । गीतको म्युजिक भिडियोमा विनोद बमको निर्देशन गायक किरण भुजेल र मोडल निभा अधिकारीको अभिनय रहेको छ ।
लोकार्पण कार्यक्रममा बोल्दै अग्रज गीतकार दिनेश अधिकारीले गीतमा रहेका शब्दहरू ‘अनायासै के भो के भो, पारि तर्ने पुल बीचमै भाँचियो’ शब्दले आफ्नो मुटु छोएको र यसरी मुटु छुने कलात्मक शब्दहरू गीतमा हराउँदै गएको बताए । उनले खर्च अभावमा धेरै राम्रा सिर्जनाहरू ओझेल परिरहेकाले प्रतिभासँग राज्यले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
अग्रज गजलगो कृष्णहरि बरालले पौडेलको लेखाइ अत्यन्त सरल र भावपूर्ण रहेको भन्दै सँगसँगै गीतले करोड क्लबमा प्रवेश पाउने अपेक्षा रहेको बताए ।

गीतकार जानुका ढकालले गीत संगीतलाई माया गर्ने पौडेलको लेखाइमा पनि सोही भाव भल्कने बताउँदै लेखाईमा सरलता भित्र गहिराई भेटिनु र शब्द शब्दमा अर्थ लुकेको गीत लेख्ने क्षमतावान गीतकारको रुपमा परिभाषित गरिन् ।
जनक चन्दको अध्यक्षतामा भएको लोकार्पण समारोहमा गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटाले हालसम्म प्रायः गीतमा लगानी जुटाउन गीतकारहरू स्वयम् सक्रिय हुनेगरेको र उनीहरूकै सतचाहनामा नेपाली गीत–सङ्गीतको धरोहर टिकिरहेको बताए ।
पौडेल नवनारी मासिक तथा का कार्यकारी सम्पादक हुन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार