विशाल काल्तनको ‘रोशी त खोलाको’ बोलको गीत बजारमा सार्वजनिक

उज्यालो प्रतिनिधि २३ मंसिर २०८१, आईतवार कला मनाेरञ्जन

काठमाडौं । गायक तथा संगीतकार विशाल काल्तनको ‘रोशी त खोलाको’ बोलको सेलो गीत बजारमा सार्वजनिक भएको छ । काल्तनको स्वरमा गायिका जितु लोप्चनले साथ दिएकी छिन् ।

गायक काल्तनकै शब्द संगीत रहेको उक्त गीतको भिडियोमा मोडल समीर तामाङ, सपना बम्झन लगायतका कलाकारको नृत्य रहेको छ । भिडियो निर्देशन प्रतीक ङ्यस्युरले गरेको छ ।

गीत एरेन्ज फइन्द्र राईले गरेका छन् भने मिक्सिङ दिपेश प्रधानको रहेको छ । पछिल्लो समय सेलो गीत संगीतलाई दर्शकस्रोतको तुलनात्मक हिसाबले धेरै माया गर्न थालेको गायक काल्तन बताउँछन् ।

उनले भने ‘ तामाङ सेलो संगीतलाई माया गर्ने दर्शकहरु धेरै छ, यसलाई कायम राख्न हामीले पनि सेलो संगीतमा मेहनत गरिरहेका छौँ । यस गीतमा पनि धेरै मेहनत छ, आसा छ दर्शकस्रोताले मन पराउने छन’

विभिन्न रमणीय स्थलहरुमा छायांकन गरेको यस गीतको भिडियो देखि गायन, शब्द संगीत सबै अब्बल रहेकोले गीत मन पराउनेमा भिडियो निर्माण टिम विश्वस्त रहेको छ ।

हेर्नुस् भिडियो …..

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार