| Friday 16 October, 2020

डा. रानी शाक्यको ‘फापरको रोटी’ बजारमा (भिडियो )

काठमाण्डौँ । गायिका डा.रानी शाक्य र बिक्रम थापाको स्वरमा ‘फापरको रोटी’ सार्वजनिक गरिएको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायक पुष्प खडका र मोडेल गरिमा शर्माको अभिनय देख्न सकिन्छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी, विकाश धमलाको सम्पादन, शुबोल थापाको कोरियोग्राफी रहेको छ । गणेश सुबेदीको शब्द तथा विक्रम थापाको संगीत रहेको गीतलाई बिषन मानन्धरले एरेन्ज गरेका हुन ।

गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन् ।

भिडियो