१६ कार्तिक २०७७, आईतवार

लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शकको माया

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १६ कार्तिक २०७७, आईतवार संगीत
1.7kViews
1450 Shares

काठमाडौँ । लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक÷स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङको ४७औँ स्थानमा उक्लेको छ । आइतबार बिहानसम्म गीतले झण्डै एक लाख भ्युज बटुलेको छ ।

मौलिक पर्व तिहारलाई लक्षित गरी गायक खत्रीले शुक्रबार बिहान आफ्नै युट्युब च्यानलबाट देउसी गीत सार्वजनिक गर्नुभएको थियो । भिडियोमा गाउँका वडाध्यक्ष, शिक्षक र भारतीय सेनाबाट निवृत्तको घरमा देउसी खेलिएको देख्न सकिन्छ । खत्रीले समाजको उत्थान र विकासमा नेताको भूमिकाबारे देउसीमार्फत सन्देश दिन खोज्नुभएको छ । जनताप्रति उत्तरदायी हुन नेतालाई आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस् ...  गीतकार तथा सञ्चारकर्मी हरिराम पौडेलको ‘संगसंगै .....’ सार्वजानिक(भिडियो)

यस्तै देउसीले शिक्षकको महिमा गानसमेत गरेको छ । प्रतिभावान् नागरिक तयार गर्न शिक्षकले पु¥याएको योगदानको चर्चा गरिएको छ । लाहुरे र तिनका परिवारजनको जीवन भोगाइलाई देउसीमा उतारिएको छ । देउसीमा गायक खत्रीसँगै गायिका टीका पुन र मुना थापामगरको स्वर छ ।

यो पनि पढ्नुहोस् ...  कोरोना गीत : 'रोग भन्दा बढी त्रास फैलियो हैरान...’

सङ्गीत र शब्द पनि खत्रीकै छ । सर्जक कुशल भण्डारीले पनि शब्दमा खत्रीलाई सघाउनुभएको छ । देउसीको भिडियो निर्देशन होम गुरुङले गर्नुभएको छ भने निर्मल क्षत्री, सम्झना खत्री, सगुन खत्रीलगायतको अभिनय छ । गायक खत्रीको जन्मथलो बागलुङको गलकोट नगरपालिका–७ मल्ममा देउसीको छायाङ्कन गरिएको छ । गायक खत्रीले यसअघि दशैँ गीत ‘रिनै रिनको’ सार्वजनिक गर्नुभएको थियो । गायक खत्री दुई दशकदेखि लोक सङ्गीतमा सक्रिय हुनुहुन्छ । उहाँले सयौँ गीतमा स्वर र शब्द दिनुभएको छ ।

यो पनि पढ्नुहोस् ...  गायक दुर्गेश थापाको 'बिच बिचमा ३' (भिडियो)

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार