क्यान्सर पीडित दिनेश थिङद्धारा सहयोगको याचना
काठमाण्डौ । काभ्रे खानिखोला गाउँपालिका वडा नं ३ सौरे निवासी २५ बर्षिय दिनेश थिङ बिगत ३ महिनादेखी पेटको क्यान्सरसँग जुधिरहेका छन । आर्थिक समस्याका कारण उनको उपचारमा समस्या भइरहेको छ । उनको परिवार र आफन्तले काठमाण्डौस्थित बि एण्ड बि अस्पातलमा अप्रेसन पछी किमो थेरापी लिदै यहाँसम्मको उपचार जेनतेन गर्दै आएका छन । अब बाँकी उपचार गर्नका लागी उनीसँग पैसाको अभाव छ । सहयोगी मनहरुसँग आग्रह गर्दै उनले आफुलाई बचाउन भनिरहेक छन ।"मलाई तपाईंको सहयोगबाट पुनर्जीवन मिल्नेछ । मलाई सहयोग गर्दिनुहोस । म बाँच्न चाहन्छु । " उनले भने । उनको उपचारको लागी देश तथा बिदेशबाट आफन्तजन र साथीभाइले सहयोग गरिरहनु भएको छ । तपाईं हाम्रो सहयोगले उनलाई नयाँ जीवन दिऔ । उनलाई सहयोग गर्न ग्लोबल आईएमई बैकको खाता नम्बर ८४०८०१००००४५७ थप पढ्नुहोस् ...












