केशवको ‘ठेकीको मोहि’मा अमिर र सुस्माको लोभलाग्दो अभिनय (भिडियो)

विवेक लोप्चन २६ श्रावण २०७७, सोमबार संगीत

काठमाण्डौ । गायक केशव पाख्रिनको ‘ठेकीको मोही’ बोलको गीत बजारमा आएको छ । आज काठमाण्डौको जोरपाटीस्थित छिमेकी क्याफेमा एक पत्रकार सम्मेलन गरी उक्त गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको हो ।

नेपाल तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबाको प्रमुख आतिथ्यता सम्पन्न भएको उक्त कार्यक्रममा बोल्नुहुँदै उहाँले सार्वजानिक गरिएको उक्त गीतको टिमलाई शुभकामना एंव बधाई ज्ञापन गर्नुहुँदै केही तामाङ गीतले मौलिकताको बाटो बिराउन लागेकोमा चिन्ता व्यक्त गरे ।

उहाँले देश तथा बिदेशमा तामाङ गीत संगीतलाई मुलधारको रूपमा बिकास गर्न समेत आग्रह गरेका छन।

साङगे ब्लोनले शब्द रचना गरेको उक्त गीतलाई चन्द्र कुमार दोङले संगीत र संगीत संयोजन र केशव पाख्रिनको आवाज रहेको छ ।

मोडल एंव निर्देशक खेम मोक्तानले निर्देशन गरेको उक्त भिडियोलाई बिना घलेले मेकअप,छायांकन,सम्पादन,कलर र ड्रोन रोशन फ्युबाले गरेका हुन ।

उक्त भिडियोमा तामाङ चलचित्र जगतका महानायकको रुपमा सुपरिचित नायक एंव निर्देशक अमिर दोङ र चर्चित मोडल सुस्मा मोक्तानको अभिनय देख्न सकिन्छ ।

पत्रकार सुदिन दोङ्ले सञ्चालन गरेको उक्त कार्यक्रममा कलाकार,पत्रकार एंव संगीतकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार