आफ्नै गीत ‘दोलेप नम्सा’मा मोडलिङमा देखिन मेनुका तामाङ(भिडियो)
काठमाण्डौ । गायिका मेनुका तामाङको पहिलो म्हेन्दोमाया गीत 'दोलेप नम्सा' गीतको म्युजिक भिडियाे बजारमा आएको छ । जिग्मे मिडिया प्रोडक्सनको युटुब च्यानलबाट उक्त गीत सार्बजनिक गरिएको हो । गायक कृति तामाङले आवाजमा साथ दिएको उक्त गीत गायिका मेनुका तामाङको पहिलो म्हेन्दोमाया गीत डेब्यु गित रहेको छ । गीतलाई शब्द, संगीत शैलाप वाइबाले गरेका हुन भने संगीत संयोजन कमल सौराग र अडियो मिक्सिंग डिका गुरुङले गर्नु भएको छ । उक्त म्युजिक भिडियोमा प्रेमी- प्रेमिका बीच रहेको अटल माया अनी धेरै समय पछि भेट्ने बाचा गर्दै गाउँघरको आफ्नै शैली र भाषामा सजिएको कथाबस्तुलाई भिडियोमा देखाउन खोजिएको छ। भिडियोमा गायिका मेनुका तामाङ र चर्चित मोडल एरिन तामाङको उत्कृष्ट अभिनय देख्न सकिन्छ । निर्देशक जोन राईद्धारा निर्देशित र सम्पादित उक्त भिडियोमा सुनिता वाइबाको कोरियोग्रफार थप पढ्नुहोस् ...












