लोकप्रिय गायिका बिन्दु परियार र कृष्ण काफ्लेले गाएका ‘पर्ख पर्ख मायालु’ लाई ५ करोड भ्युज !

१९ भाद्र २०७७, शुक्रबार २०:१७ मा प्रकाशित

काठमाडौं । गायिका बिन्दु परियार र गायक कृष्ण काफ्लेको आवाज रहेको नेपाली कथानक चलचित्र ‘मङगलम’ को गीत ‘पर्ख पर्ख मायालु…’ ५ करोडपटक हेरिएको छ ।

हाइलाइट्न नेपालको युट्युब च्यानलबाट अपलोड गरिएको गीत ५ करोड पटक सर्च भएको हो ।

सन् २०१७ सेप्टेम्बर ६ तारिकमा अपलोड गरिएको गीतको भ्युज २०२० अक्टुबर ४ मा २६ मा ५ करोड पुगेको हो । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतमा स्वर कृष्ण काफ्लेसँगै गायिका बिन्दु परियारको रहेको छ ।

गीतको भिडियोमा शिल्पा पोखरेल,पुस्पा खडकाले अभिनय गरेका छन् ।

गायिका बिन्दु परियारले गाएकी ‘पहिलो नम्बरमा ‘, ‘घर बार’, ‘म के गरुँ’, ‘फोटो खिचेर’ लगायत थुप्रै गीत हिट छन ।

 

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार