काठमाण्डौ । सिन्धुपाल्चोक जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले आफुविरुद्ध अनर्गल प्रचार गरेकोमा आपत्ति जनाएकी छिन । लिदी पहिरो पीडितको नाममा आएको राहतस्वरुप आएको रकममा कमिशन खाएको भन्ने समाचार गलत भएको उज्यालो नेटवर्क सँगको संवादमा उपाध्यक्ष तामाङले जानकारी दिए ।
‘मैले लिदी पहिरो पीडितलाई आएको सहयोगको सबै विवरण दैनिक रुपमा फेसबूकमा अपडेट गर्दै आएको छु । भदौ ४ गते हामीले विभिन्न व्यक्तीहरुबाट आएको रकम मैले बुझिलिएको ८ लाख २ हजार ५ सय नगत बितरण गरिएको र हरिहरपुर गढी गाउँपालिका सिन्धुलीले उपलब्ध गराएको १ लाख ५० हजार चेक गाउँपालिको प्रकोप यवस्थापनमा राखिएको थिए । जुगल न्युजले ५ लाख ६२ हजार पाँच सय भनेर गलत समाचार सम्प्रेषण गरेछन । उही आधारमा जन्मभुमी पोस्टले जुगल न्युजको समाचारलाई आधार मानेर न्युज प्रकाशन गरेछन । अनलाइनमा कस्ले के लेख्यो भन्ने कुरा भन्दा पनि मेरो आधिकारिक हिसाब किताब के थियो भन्ने मेरो पोस्टबाट हेर्नुपर्थ्यो । मसँग सत्यतथ्य नबुझी गलत प्रचार गरियो ।’ उनले भनिन ।
वास्तविकता के हो ?
श्रावण ३० गते शुक्रबार बिहान सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा ३३ जनाको मृत्यु, ५ जना घाइते भएका थिए भने अझै ६ जना बेपत्ता छन । देश तथा बिदेशबाट गाउँपालिकाका उपाध्यक्ष तामाङमार्फत सहयोग रकम हस्तान्तरण गरिएको थियो । उपाध्यक्ष तामाङले सहयोगी दाताहरुबाट आएको रकम लिदी गाउँमा नै पुगेर हस्तान्तरण गरेका थिए ।
भाद्र ४ गते१) नेपाल तामाङ समाजको समन्वयमा नेपाल प्रबासी तामाङ समाज कतारको आर्थिक सहयोग रु १०००००/-
२)द बर्गर हाउस एन्ड कन्ची फ्राइड चिकेन बाट रु २,५२,५००/-
३)हङकङ नेपालीज युथ बाट रु ६०,०००/-
४)पदम बहादुर तामाङ (पाच पोखरी थाङपाल धाप गा.पा.सदस्य )रु ३०,०००/-
५)तेजु तामाङ धनुषाबाट रु ५०००/-
६)सगु प्रोडक्सन प्रोपाइडर गणेश अधिकारि रु ५०००/-
७)तामाङ सोसाइटी अफ अमेरिका बाट रु १,२०,०००/-
८)मरिन गा.पा.पानीराज बम्जन रु १,५०,०००/-
९)हरिहरपुर गडि गा.पा.रु १,५०,०००/-
१०)देपेन्द्र सापकोटा (प्रमुख प्रशासिकिय अधिकृत )रु १५०००/-
११)नरेन्द्र कर्मचार्य (उधोग बाणिज्य कोषअध्यक्ष )सिन्धुली बाट रु ५०,०००/-
१२)सुनिल लामा (बर्गर हाउस ) सिन्धुली बाट रु १५,०००/-*४० वटा पन्जा ।
जम्मा रु ९५२,५००-(नौ लाख बाउन्न हजार पाच सय सहयोग ) प्रत्यक्ष रुपमा घटना स्थल मै पुगेर गाउँपालिका उपाध्यक्षको रोहवरमा पहिरो पीडितलाई उक्त रकम वितरण गरिएको थियो । तर जुगल न्युजले ‘गाउँ पालिका उपाध्यक्ष तामाङले बुझी लिएको नगद सहयोग ५ लाख ६२ हजार ५ सय पहिरो पीडित लाई वितरण’ भनेर उक्त समाचार प्रकाशित गरेका थिए । जसमा पदम बहादुर तामाङ पाँच पोखरी थाङ्पाल गा पा बाट व्यक्तिगत रु २० हजार भनेर जुगल न्युजले उक्त समाचारमा उल्लेख गरेका थिए । उपाध्यक्ष तामाङले भने उक्त भिडियोमा ३० हजार रुपैँया नै सहयोग रकम पदम बहादुर तामाङबाट प्राप्त भएको छ भनेर भनेकी थिइन ।
भिडियो हेर्नुहोस
https://www.facebook.com/srijana.tamang.710/videos/1012068475921953/
जुगल न्युजको उक्त समाचारलाई आधार मानेर जन्मभुमी पोस्टले प्रकाशन गरेको उक्त समाचारमा उही पदम बहादुर तामाङ पाँच पोखरी थाङ्पाल गा पा बाट व्यक्तिगत रु २० हजार मात्र समाचारमा उल्लेख गरेको पाइएपछी १० हजार उपाध्यक्ष तामाङले कमिशन लिएको भनेर आँकलन गरी प्रमाणको रुपमा मेगा रेमिटबाट पैसा पठाएको स्लिप ३० हजारको उक्त फोटो अनलाइन समाचारमा समाबेश गरेका छन ।
हेर्नुहोस समाचारको लिङ्क
गाउँ पालिका उपाध्यक्ष सृजना तामाङ ले बुझी लिएको नगद सहयोग ५ लाख ६२ हजार ५ सय पहिरो पीडित लाई वितरण
सुन्दरी उपमेयर सृजनाले पहिरो पिडितलाई आएको राहतमा पनि छाडेनन् कमिसन खाना, प्रमाण फेला
तर यतिबेला जुगल न्युजले उक्त समाचार सच्याउँदै ‘प्रविधिक त्रुटि भइ गलत न्युज पोस्ट भएकोले सच्याएको छ’ शिर्षकमा समाचार प्रकाशन गरेका छन । जसमा पदम बहादुर तामाङ पाँच पोखरी थाङ्पाल गा पा बाट व्यक्तिगत रु ३० हजार हुनेपर्नेमा प्राविधिक त्रुटिले २० हजार रुपैँया उल्लेख गरिएको र जम्मा रकम ५ लाख ७२ हजार ५ सय रुपैँया नै हस्तान्तरण गरिएको भनेर लेखेका छन ।
“लिदि पहिरो पीडित लाई उपाध्यक्ष सृजना तामाङ ले बुझिलिएको सहयोग रकम नेपाल तामाङ समाज कतार बाट रु १ लाख, द वर्गर हाउस एण्ड फ्राई चिकेन टिम बाट रु २ लाख ५२ हजार ५ सय, तामाङ सोसाइटी अफ अमेरिका बाट रु १ लाख २० हजार,हङकङ नेपाली युवा बाट ६० हजार, पदम बहादुर तामाङ पाँच पोखरी थाङ्पाल गा पा बाट व्यक्तिगत रु ३० हजार, तेज तामाङ धनुषा बाट ५ हजार,सगु प्रोडक्सन प्रोपाइटर गणेश अधिकारी रु ५ हजार गरि जम्मा रकम ५ लाख ७२ हजार ५ सय रुपियाँ हुन पर्ने ठाउँमा प्राविधिक त्रुटि ले ५ लाख ६२ हजार हुन गएकोमा सच्याउदै जुगल न्युज लाई स्रोत मानेर अनर्गल उपाध्यक्ष को मानहानी हुने समाचार प्रती घोर भत्सर्ना गर्दुछु।”
उक्त समाचारमा लेखिएको छ ।
यहाँ क्लिक गरी उक्त समाचार हेर्नुहोस
के भन्छन स्थानीय
हामीले स्थानीय फुलकाजी स्याङ्बोलाई सम्पर्क गर्यौ । उनले भने ‘म घटना घटेको दिनदेखी पहिरोस्थलमा नै छु । सहयोगी दाताहरुले पठाउनु भएको रकममा कुनै हिनामिना भएको छैन । ‘सुन्दरी उपमेयर सृजनाले पहिरो पिडितलाई आएको राहतमा पनि छाडेनन् कमिसन खाना, प्रमाण फेला ‘ भनेर जन्मभुमी पोस्टमा आएको समाचार निराधार हो । खास उहाँले अरु अनलाइन न्युज हेरेर समाचार सम्प्रेषण गर्नु भएछ ।”
“लिदी पहिरो पीडितहरुलाई जुन रुपमा गाउँपालिका उपाध्यक्ष तामाङले सहयोग गरिरहनु भएको छ् ,त्यो एकदमै ठीक छ् । त्यहाँका स्थानीयबासी एकदमै खुशी छन ।”उनले थपे ।
कानुनी उपचार खोज्छु
गाउँपालिका उपाध्यक्ष तामाङले गलत सुचना राखी सम्प्रेषण गरेका समाचार आगामी दिन नसच्याए कानुनी उपचार खोज्ने बताएकी छिन् । आफुविरुद्ध अनर्गल प्रचार गरी चर्चा बटुल्न खोज्ने अनलाइन मिडियालाई कानुनी दायरामा ल्याउने उज्यालो नेटवर्कलाई जानकारी दिए ।






