एसईई दिएका विधार्थीहरुलाई सुनौलो अवसर, निशुल्क अनलाइन फारम भरी पाउनुहोस्, उपहार

विवेक लोप्चन १८ भाद्र २०७७, बिहीबार समाचार

काठमाण्डौ । इ–कमर्स कम्पनी अनलाईन साथी डट कम र केपढ्नेको सहकार्यमा एसइइ पास विधार्थीहरुलाई ‘अनलाईन शिक्षा सहयात्री योजना’ ल्याएको छ । उक्त योजना अन्तर्गत एसइइ पास भएका विधार्थीहरुलाई अनलाईन शिक्षा लिनलाई सघाउ पुर्याउने उदेश्यले ल्यापटप, मोबाइल , क्यास भौचर तथा अन्य शैक्षिक सामाग्रीहरु प्रदान गरिने भएको हो ।

हरेक बर्ष दुई पटक संचालन गरिने यो योजना यसपटक भने एसइइ पास विधार्थीहरुमा केन्द्रित रहने स्रोतले जानकारी दिएको छ । यो योजनामा यस पटकको एसइइमा पास हुने नेपालभरिका सम्पूर्ण विधार्थीहरु सहभागी हुन सक्नेछन ।

कसरी सहभागी हुने ?

यो योजनामा सहभागी हुन एसइइ पास भएका विधार्थीले यस लिंकमा गएर  sahayatri.onlinesaathi.com आफ्नो विवरण भर्नुपर्नेछ । २०२० सेम्टेम्बर महिनाको अन्त्यसम्म(असोज १४ गतेसम्म) सञ्चालन हुने यस योजनामा सहभागी विधार्थीहरु मध्येबाट गोलाप्रथाद्वारा २०२० अक्टोबर महिनाको पहिलो हप्ता (कार्तिकको पहिलो हप्ता) मा विजेताहरुको छनोट गरिनेछ ।

यी हुन उपहार
जस अन्तर्गत गोलाप्रथामार्फत एकजना विद्यार्थीलाई एउटा ल्यापटप, १० जनालाई क्यास भौचर, १० जनालाई ल्यापटप ब्यागसँग आकर्षक उपहार र ५ जनालाई ट्याब प्रदान गरिने अनलाइन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादवले जानकारी दिए ।

यस योजनाको माध्यमबाट नेपालमा अनलाईन शिक्षाको क्षेत्रमा शैक्षिक संस्था ,विधार्थी, अभिभावकहरुलाई सहयोग तथा उतप्रेरणा पुग्ने विश्वास लिएको अध्यक्ष यादवको भनाइ छ ।

अनलाइन साथीडट कमको लिङ्क  sahayatri.onlinesaathi.com   खोलेर उक्त विवरण भर्न सक्नुहुनेछ ।

अनलाईन साथी

स्थापनाको बर्षमा नै आफ्नो एउटा अलग पहिचान बनाउन सफल ‘अनलाईन साथी’ नेपाल भरिनै सेवा दिइरहेको इ–कमर्स कम्पनी हो । उक्त कम्पनीमार्फत अनलाइनबाट अर्डर गरिएका इलेक्ट्रोनिक्स ग्याजेट,लत्ता कपडा,कस्मेटिक्स,किचेन सामग्री लगायत विभिन्न सामग्री नेपालको जुनसुकै ठाउँमा होम डेलिभर गरिदै आएको छ ।

अनलाइन साथी डट कमका अध्यक्ष मुकेश कुमार यादव

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार