नुवाकोट । नुवाकोट जिल्ला म्यागङ गाउँपालिका वडा नं-६ मैबल निवासी सोम्बरे तामाङको दुवै मिर्गौलाले काम गर्दैन । आर्थिक अभावको कारण उपचार गर्न नसकिरहेका उनी सहयोगी हातहरुको खोजिमा छन । मृत्युसँग लडि रहेका तामाङले सहयोगको याचना गरेका छन ।
मिर्गौला प्रत्यारोपणका लागि करिब रु २० देखि २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि तामाङले सबैसँग सहयोगको याचना गर्नुभएको छ । “मिर्गौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्छ, घरको आर्थिक अवस्था नाजुक छ”, तामाङले भन्नुभयो, “सबैले सहयोग गरिदिए मेरो बाँच्ने चाहना पूरा हुन्छ ।कृपया मलाई बचाउनुहोस,म बाँच्न चाहन्छु” बिरामी भएर उपचार गर्दा दुवै मिर्गौलाले काम गर्न छाडेको पत्ता लागेको थियो ।
म्यागङ गाउँपालिका वडा नं-६ सामरी, नुवाकोट का वडा अध्यक्ष आतम सिङ तामाङको संयोजकत्वमा सहयोग रकम संकलन भैरहेको छ ।
उनलाई सहयोग गर्न सानिमा बैंक लिमिटेड बिदुरमा रहेको आतम सिङ तामाङको नाममा रहेको खाता नं 041000002280E मा सहयोग जम्मा गरि सहयोग गर्न उनको परिवारले अनुरोध गरेको छ ।
आतम सिङ तामाङ
वडा अध्यक्ष
म्यागङ गाउँपालिका वडा नं-६ सामरी, नुवाकोट
सम्पर्क नं :- 9840554204
वडा कार्यालय :- 9851274629
बिरामी :-9865390184
थप डिटेल्स हेर्न यहाँ क्लिक गर्नुहोस ।
https://www.facebook.com/atam.lama/videos/3012420472200029/






