लिदि पहिरो पिडितलाई नेपाल तामाङ कलाकार संघ र व्यवसायी पूर्ण लिम्बूद्वारा आर्थिक सहयोग

विवेक लोप्चन ३१ श्रावण २०७७, शनिबार फोटो समाचार

सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँका पहिरो पीडितलाई नेपाल तामाङ कलाकार संघ र व्यवसायी पूर्ण लिम्बूद्वारा आर्थिक सहयोग गरेको छ ।

काठमाण्डौको बौद्धस्थित शनिबार पत्रकार सम्मेलन गरी जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति श्री कृष्ण गोपाल तामाङ मार्फत रु १,००,०००(अक्षरुपी एक लाख) र सुनपा -८ , दार्जलिङ हाईट , भक्तपुरका सचिव, समाजसेवी तथा व्यवसायी पूर्ण बहादुर लिम्बु रु :-२५,००० (पच्चीस हजार) गरी १ लाख २५ हजार रुपैया सहयोग गरेको हो ।

संघद्धारा विज्ञप्तीमार्फत यथाशिघ्र उचित राहत प्रदान गर्नका लागि नेपाल सरकारलाई अनुरोध समेत गरेका छन ।

“सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ स्थित लिदी गाउँमा शुक्रबार बिहान गएको पहिरोले गाउॅ नै पुरिंदा तिन दर्जन भन्दा बढि तामाङ परिवारका मानिसहरू वेपत्ता हुनुभएको र अहिले पुरिएका शबहरु निकाल्ने क्रम जारी रहेको ,घाइतेहरुलाई हेलिकप्टर मार्फत उपचारको लागि अस्पताल लाने कार्य भै सकेको र अझै पनि उद्दार कार्य भै रहेकोमा पिडितहरूलाई यथाशिघ्र राहत तथा उचित आवासको समेत आवश्यकता भएकोले नेपाल तामाङ कलाकार संघ, नेपाल यो दुखद घडीमा अत्यन्तै मर्माहत भएका छौं र यो बिषम् परिस्थितिमा सम्पूर्ण मृतकहरूप्रति हार्द्धिक श्रद्धाञ्जली ब्यक्त गर्दै,घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूर्ण पिडितहरुलाई धैर्यधारण गर्ने शक्ति प्राप्तिको कामना सहित हार्द्धिक समवेदना प्रकट गर्दै यथाशिघ्र उचित राहत प्रदान गर्नका लागि नेपाल सरकारलाई अनुरोध गर्दछौं र यो बिपतलाई मध्यनजर गर्दै हाम्रो संस्थाको तर्फबाट पनि हाल तत्काल उक्त क्षेत्रमा गई सहयोग गर्न सहज नभएकोले जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका सभापति श्री कृष्ण गोपाल तामाङ ज्यु मार्फत रु १०००००(अक्षरुपी एक लाख) र सुनपा-८, दार्जिलिङ हाईटका सचीब, समाजसेवी तथा ब्यबसायी पूर्ण बहादुर लिम्बुबाट रु :-२५००० (पच्चीस हजार) सहयोग प्रदान गरेको ब्यहोरा जानकारी गराउॅदछौं ।”
विज्ञप्तीमा भनिएको छ ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बोल्नु हुँदै तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबाले विपतीको बेला सबै जना एक भएर लाग्न समेत आग्रह गरेका छन ।

लिदी पहिरोमा शनिबार थप ५ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । मृतक सबैको सनाखत भएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार