काठमाण्डौ । काभ्रे खानिखोला गाउँपालिका वडा नं ३ सौरे निवासी २५ बर्षिय दिनेश थिङ बिगत ३ महिनादेखी पेटको क्यान्सरसँग जुधिरहेका छन । आर्थिक समस्याका कारण उनको उपचारमा समस्या भइरहेको छ । उनको परिवार र आफन्तले काठमाण्डौस्थित बि एण्ड बि अस्पातलमा अप्रेसन पछी किमो थेरापी लिदै यहाँसम्मको उपचार जेनतेन गर्दै आएका छन ।
अब बाँकी उपचार गर्नका लागी उनीसँग पैसाको अभाव छ । सहयोगी मनहरुसँग आग्रह गर्दै उनले आफुलाई बचाउन भनिरहेक छन ।”मलाई तपाईंको सहयोगबाट पुनर्जीवन मिल्नेछ । मलाई सहयोग गर्दिनुहोस । म बाँच्न चाहन्छु । ” उनले भने ।
उनको उपचारको लागी देश तथा बिदेशबाट आफन्तजन र साथीभाइले सहयोग गरिरहनु भएको छ । तपाईं हाम्रो सहयोगले उनलाई नयाँ जीवन दिऔ ।
उनलाई सहयोग गर्न ग्लोबल आईएमई बैकको खाता नम्बर ८४०८०१००००४५७ सिनामङगल ब्रान्चमा रकम जम्मा गरेर सहयोग गर्नसक्नुहुनेछ । साथै बिरामी दिनेश थिङलाई ९८१३९०६५७१ नम्बरमा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।






