काठमाण्डौ । तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘तिङ्ला गुङरी’को ट्रेलर सार्वजानिक गरिएको छ । एक्सनमा आधारित उक्त गीतको ट्रेलरमा बबाल एक्सन समाबेश गरिएको देख्न सकिन्छ ।
‘हामीले फरक खालको गीत बजारमा ल्याउँदै छौ । अहिले ट्रेलर सार्वजानिक गरिएका छौ भने म्युजिक भिडियो चाडै नै बजारमा ल्याउने छौ ।” महानायक दोङले उज्यालो नेटवर्कलाई जानकारी दिए ।
गीतमा निमा दोङको शब्द रहेको छ भने संगीत, संगीत संयोजन र मिक्सिङ गायक एंव संगीतकार कर्साङ लामाले गरेका छन् । उनै गायक एंव संगीतकार कर्साङ लामा र गायीका रश्मी तामाङ दोङको आवाज रहेको गीतलाई पारीजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
उक्त भिडियोलाई सुन्दर बोम्जन,ग्याम्जो दोङ र रुकेश गुरुङले छायांकन र भिएफएक्स , कथा र द्धन्द राजु दोङ तामाङ,हेरुका लामा दोङले कोरियोग्राफ गरेका हुन भने उनै महानायक दोङले सम्पादन र निर्देशन गरेका हुन ।
उक्त म्युजिक भिडियोमा अमिर दोङ,अनिता गोले,कुइसाङ रुम्बा र राजु दोङ तामाङको अभिनय रहेको छ ।






