माहुरी होमद्धारा प्रतापपुरलाई स्वास्थ्य र सरसफाई सामग्री हस्तान्तरण
नवलपरासी पश्चिम । जिल्लाको प्रतापुर गाउँपालिकालाई युनाेप्सद्धारा स्वास्थ्य र सरसफाई सामग्री हस्तान्तरण गरिएको छ । गाँउपालिकाले त्रिभुवन बेलाटारी क्यम्पसमा सञ्चालन गरेको क्वारेन्टाईन व्यवस्थापनको लागि स्वास्थ्य र सरसफाई सामग्री हस्तान्तरण गरिएको हो । गाँउपालिकामा मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा सहज परीयोजना सञ्चालनमा रहेको छ । उक्त परियोजना गाँउपालिकाको वडा नं. ५ र ७ मा काम गर्दै आएको छ भने डिएफआईडिले आर्थिक सहयोग गरेको छ । यसै सहज परीयोजना अन्तर्गत डिएफआईडिले युनाेप्स मार्फत गाँउपालिकालाई पानी फिल्टर एक्वा १ वटा, डस्टविन १० वटा, खेल समाग्री बच्चाहरुको लागि ११ थान, सर्जिकल मास्क २० बट्टा, डिस्ईन्फेक्टेड स्प्रे मेसनि २ वटा र ५ लि को झोल औषधी २ वटा, हरलिक्स १३ वटा, लाईजोल ५ र फिनायल १० वटा, पानी टयांकी एक हजार लि. २ थप पढ्नुहोस् ...












