अङ्गीकृत नागरिकता विरुद्ध नवलपरासीमा विरोध प्रदर्शन

रबिन्द्र यादव ८ असार २०७७, सोमबार समाचार

नवलपरासी पश्चिम । बुहारीलाई ७ बर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टी जनाउदै जनता समाजवादी पार्टी नवलपरासी पश्चिमले विरोध प्रदर्शन गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको उक्त व्यवस्था मधेशी जनताको हकमा नरहेको भन्दै उक्त व्यवस्था हटाउन माग गर्दै पार्टीले जिल्लामा विरोध प्रदर्श गरिएको हो ।

नेपाली पुरुषसंग विवाह गर्ने विदेशी महिलाले ७ बर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्थालाई नेकपाको सचिवलय समितिले समेत समर्थन निर्णय गरिसकेको र राज्य व्यवस्था तथा शुसासन समितिबाट उक्त नागरिकता विधेयक बहमुतले पास समेत भैसकेको अवस्था छ । जसपा नवलपरासी पश्चिमले सोको विरुद्धमा विरोध प्रदर्शन गर्दै उक्त निर्णयलाई तत्काल सच्चाई पुरानै व्यवस्था कायम गर्न जोडदार माग गरेको छ ।

पार्टीका जिल्ला नेता मुकुरजी गिरीको नेतृत्वमा लोकतान्त्रिक चोकदेखि निक्लेको विरोध र्याली बुद्धचोक हुदै जिल्ला प्रशासन कार्यालय पुगेर पुनः बुद्धचोक स्थित कोणसभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न नारासहित प्लेकार्ड बोकी सरकार तथा नेकपा विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको थियोे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार