अबैध रुपमा सुस्ता भित्रयाइएका कुखुरा नष्ट
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा आइतबार दिउँसो १२:३० बजे भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बलिनगरले नियन्त्रणमा लिई नष्ट गरेको छ । भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा नेपाल ल्याएको भन्दै १ सय ७० वटा ब्रोइलर कुखुरा नष्ट गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बलिनगरका सशस्त्र प्रहरी निरीक्षक संतोष सापकोटाले जानकारी दिए । मोटर साइकलमा लोड गरेर ल्याउँदै गरेको ब्रोइलर कुखुरा सुस्ता गाउँपालिका-५ बनकट्टीमा सशस्त्र प्रहरी निरीक्षक सापकोटाको नेतृत्वमा रहेको गस्ती टोलीले नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीलाई देख्नासाथ अवैध रूपमा भारतबाट कुखुरा ल्याउने मानिस ब्रोइलर कुखुरा फालेर मोटरसाइकल सहित फरार भएको सशस्त्र प्रहरी गण नं २६ बेलाशपुरले जनाएको छ । अहिले उनीहरुको खोजी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको हो । थप पढ्नुहोस् ...












