बेलाटारी इलाका प्रहरीको सफलता : मध्यराती नारायणी किनारबाट १७ क्विन्टल केराउ बरामद

रबिन्द्र यादव २० आश्विन २०७७, मंगलवार समाचार

नवलपरासी,पश्चिम । नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीले क्यानेडियन मटर (केराउ) बरामद गरेको छ । मध्य राति ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डे र प्रहरी चौकी रामनगरका इन्चार्ज जनक थापाको संयुक्त गस्ती टोलीले केराउ बरामद गरेको हो ।

रातीको करिब साढे १२ बजेको समयमा सुस्ता ५ पक्लिहवाको ठोक्कर नं २ स्थित नारायणी नदिको किनारमा बेवारिसे अवस्थामा राखिएको १७ क्युन्टल क्यानेडियन मटर (केराउ) गस्ती टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिए ।

लामाको अनुसार प्रहरीले गस्ती गर्ने क्रममा नारायणी नदिको किनारमा पुग्दा बोरा जस्तो देखिएपछि नजिक पुगेर हेर्दा मटर (केराउ) रहेको र प्रहरीको गाडी देखेर तस्कर भागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

बरामद भएको मटर ९केराउ० आवश्यक कामकारबाहीको लागी भन्सार कार्यालय महेशपुर पठाउने तयारी भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए । जिल्लामा मटर तस्करी भइरहेको जन गुनासो बढेपछि प्रहरी सक्रिय भएको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार