दर्ता नभएका क्रसर उद्योग एक महिनाभित्र हटाउन रघुगङ्गा गाउँपालिकाको निर्देशन

उज्यालो प्रतिनिधि १२ असार २०८३, शुक्रबार समाचार

म्याग्दी, १२ असारः म्याग्दीको रघुगङ्गा गाउँपालिकाले दर्ता प्रक्रिया पूरा नगरी अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योग हटाउन सार्वजनिक सूचना मार्फत निर्देशन दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगलाई एक महिनाभित्र हटाउन निर्देशन दिइएको बताए ।

पालिकाले जलविद्युत् र विकास आयोजनाका लागि अनुमति लिएका बाहेक अरु क्रसर उद्योगले नदीजन्य वस्तुको उत्खननमा संलग्न रहेको पाइएमा कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।

यही असार ११ गतेको मितिले लागू हुने गरी एक महिनाभित्र क्रसर उद्योग र उपकरण सामग्री नहटाएमा कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

रघुगङ्गा गाउँपालिकाभित्र हाल पाँच वटा क्रसर उद्योग सञ्चालनमा रहेका अध्यक्ष भवबहादुर भण्डारीले बताए । उनले भने, “राहुघाट जलविद्युत् आयोजनाको चमेरे र बाँध निर्माणस्थलको तथा मोना हाइड्रोपावर र चितवन इनर्जीले घ्याँसीखर्कमा रहेको क्रसर उद्योगले प्रक्रिया पूरा गरेका छन ।”

अवैध क्रसरले नदीजन्य वस्तुको चोरी निकासी गरेर राजस्वमा पनि हानी पुर्‍याएकाले बन्द गराउन गाउँपालिकाले अग्रसरता लिएको अध्यक्ष भण्डारीले दाबी गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार