बिपीको सालिक अनावरण गर्न पुर्व राष्टपति यादव गुठी सुर्यपुरा आउदै

रबिन्द्र यादव १५ आश्विन २०८०, सोमबार समाचार

 

पश्चिम नवलपरासी ।  आज गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपति डाक्टर रामबरण यादवले बिपी कोइरालाको अर्धकद मुर्तिको अनावरण गर्नु हुनेभएको छ । प्रतापपुर गाउँपालिकाद्धारा वडा नं ७ गुठी सुर्यपुरा चोकमा निर्मित सालिकको अनावरण गर्न पुर्व राष्ट्रपति यादव हिजो नै पश्चिम नवलपरासी आइपुग्नु भएको हो ।

 

आज वहाँ १० बजे गुठी सुर्यपुरा स्थित एक कार्यक्रमका बिच उक्त सालिक अनावरण गर्नुहुने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ११० औं बिपी जयन्तीको अवसरमा उक्त सालिक अनावरण कार्यक्रम राखिएका भएपनि पुर्व राष्ट्रपति अस्वस्थ भइ अस्पताल भर्ना भएका कारण २४ र २९ गतेको कार्यक्रम स्थगित गरिएको थियोे । यादवको बसाइ सुस्ता गाउँपालिका वडा नं ३ स्थित बि गैप गेस्ट हाउसमा भएको हो । राष्ट्रपति आज नै काठमाडौ फर्किने गाउँपालिकाले जनाएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार