एसियन गेम्समा कबड्डीतर्फ कास्य पदक बिजेता खेलाडीलाई विनोद चौधरीको सम्मान

रबिन्द्र यादव २९ आश्विन २०८०, सोमबार समाचार

 

पश्चिम नवलपरासी ।  प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक जिताउने खेलाडीलाई सम्मान गरेका छन् । सोमबार नवलपरासीको बर्दघाटमा एक कार्यक्रमका बीच महिला कबड्डी टीमकी राष्ट्रिय खेलाडी सृजना कुमारी थारुलाई सम्मान गरेका हुन् । महिला कबड्डी टीमले एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेकोको हो ।

सांसद चौधरीको निर्वाचन क्षेत्र नवलपरासी १ की बासिन्दा थारु राष्ट्रिय महिला कबड्डीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्रै खेलाडी हुन् । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा न। २ प्रसौनी निवासी थारुलाई सांसद एवं प्रतिष्ठित उद्योगपति चौधरीले सम्मान गर्दै खेलजीवनको सफलताको शुभकामना दिए । खेलमार्फत् नवलपरासी जिल्लालाई मात्रै नभएर सिंगो लुम्बिनीको प्रतिनिधित्व गर्दै नेपालकै नाम राख्न सफल भएकोमा खेलाडी थारुलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ, सांसद चौधरीले भने । नेपाली राष्टिय क्रिकेट टीमका कप्तान रोहित पौडेल पनि नवलपरासी बर्दघाटका हुन् । यसअघि सांसद चौधरीले कप्तान रोहितलाई पनि बर्दघाटमा सम्मान गरेका थिए ।
नवलपरासीको खेल क्षेत्रको विकासका लागि सांसद चौधरीले पूर्वाधार विकासदेखि खेलाडीका लागि आवश्यक खेलसामग्री उपलब्ध गराउदै आएका छन् ।No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार